Logo

राजनीति

निर्वाचित भएपछि रवि लामिछानेले भने : आजबाट जाँच दिन जाँदैछु



काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चिर्वाचित हुनु भनेको जाँच दिन जानका लागि योग्य हुनु मात्र भएको बताएका छन् । निर्वाचित भएपछि विज्ञप्ति जारी गर्दै लामिछानेले राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु नभएको बताउँदै यो जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो भनेका छन् ।

‘यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो’, उनले भनेका छन्, ‘म आजबाट जाँच दिन जाँदैछु, जसको नतिजा पाँच वर्षपछि मात्र आउँछ । लामिछानेले अहिले कुनै विजय र्‍याली नगर्ने भन्दै चितवन–३ का तीनवटा स्थानमा धन्यवाद र्‍याली गरिने जानकारी दिएका छन् । धन्यवाद र्‍यालीमा आफूलाई फूलमाला र अबीर केही पनि नल्याउन उनले मतदाताहरुलाई आग्रह गरेका छन् ।

लामिछानेले धन्यवाद सभा गरिने भरतपुर–१० गेस्टहाउस चोक, इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटार र कालिका नगरपालिकाको शहीद स्मृति क्याम्पस चौर पदमापुरमा समस्या र सुझाव गरी दुईवटा पेटिका समेत राखिने बताएका छन् ।

  • याे पनि…

चितवन–२ मा ३४ हजारभन्दा बढी मतान्तरले रवि लामिछाने विजयी

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १३:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।