Logo

प्रमुख समाचार

धनकुटा–१ मा कांग्रेसका सुनील थापालाई हराउँदै एमालेका राजेन्द्र राई विजयी



धनकुटा । धनकुटा क्षेत्र नम्बर–१ मा नेकपा एमालेका राजेन्द्रकुमार राई विजयी भएका छन् । उनले कांग्रेसका उम्‍मेदवार सुनीलबहादुर थापालाई १ हजार ३८७ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका हुन् ।

एमालेका राई ३० हजार १०१ मतका साथ विजयी हुँदा थापाले २८ हजार ७०४ मत ल्‍याए । यस निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्‍मेदवार हेमराज भण्डारीले ५ हजार ९२६, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापाले १ हजार ५९ मत ल्याए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १४:४०   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।