Logo

राजनीति

प्रतिनिधिसभा समानुपातिकमा एमालेले कटायो ६ लाख मत, रास्वपालाई पछ्याउँदै माओवादी



काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेले ६ लाख मत कटाएको छ । निर्वाचन आयोगले अद्यावधिक गरेको पछिल्लो तथ्याङ्कअनुसार एमालेले ६ लाख ७७१ मत पाएका छ ।

त्यसैगरी नेपाली कांग्रेसले ५ हजार ६९ हजार ८०९ मत ल्याएको छ । पहिलो पटक आमनिर्वाचनमा सभागी भएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो स्थान कायमै छ । उसले ३ लाख ७००० मत पाएको छ । दलहरुको लोकप्रियता मापन गर्ने समानुपातिक निर्वाचन प्रणालीमा नकपा माओवादी केन्द्र रास्वपाभन्दा पछि छ । चौथो स्थानमा रहेको माओवादी केन्द्रले अहिलेसम्म २ लाख ७६ हजार ५४५ मत पाएका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी १ लाख ६७ हजार २५७, जनता समाजवादी पार्टी, नेपालले ७५ हजार ५२१, नेपाल मजदुर किसान पार्टीले ५१ हजार ५४६, जनमत पार्टीले ४८ हजार ८८०, नागरिक उन्मुक्ति पार्टी ४८ हजार २६९ र नेकपा एकीकृत समाजवादीले ४० हजार ५८० मत पाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १५:५१   :  बजे

354
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।