Logo

प्रमुख समाचार

सप्तरी–३ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका दिनेशकुमार यादव निर्वाचित



सप्तरी । सप्तरी–३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दिनेशकुमार यादव विजयी भएका छन् । उनले नेकपा एमालेका ताराकान्त चौधरीलाई साढे तीन हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन् ।

यादवले २६ हजार १६६ मत ल्याउँदा चौधरीले २२ हजार ३०० मत पाए । यादव चौथो प्रयासमा संसद्को ढोका खोल्न सफल भएका हुन् ।

उनी २०६४ देखि प्रतिनिधिसभा सदस्य पदमा चुनाव लड्दै आएका थिए । तर उनले दोस्रो स्थानमा चित्त बुझाउँदै आउनु परेको थियो । यस पटक भने उनको प्रयासलाई जनताले अनुमोदन गरेका हुन् ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  ५ : ५८ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।