Logo

प्रमुख समाचार

प्रधानमन्त्रीकाे दाबेदार म पनि हाे : शशांक कोइराला



पूर्वी नवलपरासी । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यमा एवं नेपाली कांग्रेस नेता डा. शशांक कोइरालाले आफू प्रधानको दाबेदार भएको बताएका छन् । पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट लगातार चौथो पटक जितेका उनले दलको संसदीय नेता हुन उम्मेदवारी दिने र प्रधानमन्त्रीको दाबी गर्ने बताएका हुन् ।

कावासोतीमा आज सञ्चारकर्मीसँग बोल्दै कोइरालाले यो पटक प्रधानमन्त्रीको दाबी गर्ने धेरै देखिएको र आफ्नो पनि दाबी रहने बताएका हुन् । ‘प्रधानमन्त्रीमा फेरि शेरबहादुर देउवा पनि लड्नु होला, गगनजीको पनि दाबी छ, मेरो पनि रहन्छ’ उनले भने ‘अब मिलिजुली सरकार निर्माण हुने भएकाले त्यसको स्थायित्वका लागि ध्यान दिनुपर्ने अवस्था छ ।’

कोइरालाले अब युवाहरुलाई अघि बढाउनुको विकल्प नरहेको पनि बताए । देशभर यस पटकको निर्वाचनले युवाहरुलाई अघि बढाऊ भन्ने सन्देश दिएको भन्दै त्यसलाई आत्मासाथ गर्नपर्ने अवस्था आएको उनको भनाइ थियो ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  ६ : ४२ बजे