Logo

प्रमुख समाचार

बाँके–१ मा एमालेका सूर्य ढकाल विजयी, खेलकुदमन्त्री गहतराज ५ हजार बढी मतले पराजित



काठमाडौं । बाँके क्षेत्र नमबर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सूर्य ढकाल निर्वाचित भएका छन् । उनले २५ हजार २६ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकट प्रतिस्पर्धी महेश्वर गहतराजले १९ हजार ६३२ मत मात्र पाए ।

एमालेका ढकालभन्दा गठबन्धनका गहतराज ५ हजारभन्दा बढी मतले पछाडि रहे । युवा तथा खेलकुदमन्त्रीसमेत रहेका गहतराज गठबन्धनका साझा उम्मेदवार थिए ।

बाँके १ मा नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार चार सय ६५ मत प्राप्त गरे ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  ७ : ०१ बजे