Logo

प्रमुख समाचार

मोरङ–५ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका बागी उम्मेदवार मण्डल विजयी



विराटनगर । मोरङ–५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन् । मण्डलले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गरेका हुन् ।

मण्डलले २१ हजार ८२० मत ल्याउँदा माओवादी केन्द्रका मण्डलले १७ हजार ४८६ मत ल्याए । एमालेबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

एमाले–जसपा गठबन्धनका उम्मेदवार यादवले भने १७ हजार ३९० मत ल्याएर तेस्रो भए ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  ७ : २८ बजे