Logo

प्रमुख समाचार

रौतहट–३ बाट स्वतन्त्र उम्मेदवार प्रभू साह प्रतिनिधिसभा सदस्यमा निर्वाचित



रौतहट । रौतहट क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्‍यमा प्रभू साह निर्वाचित भएका छन् । नेकपा एमालेको टिकट पाएर पनि स्वतन्त्र उम्मेदवारी दिएका उनले अन्ततः बाजी मार्न सफल भएका हुन् ।

साहले स्वतन्त्र उम्‍मेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २३७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । साहले ३२ हजार ४३७ मत पाउँदा उनका प्रतिस्पर्धी जयसवालले २५ हजार २०० मत ल्याए ।

यस्तै माओवादी केन्द्रका उम्‍मेदवार रविन्द्र पटेलले ३ हजार ६५८ मत प्रप्त गरेका थिए ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  ७ : ५३ बजे