Logo

प्रमुख समाचार

डोल्पाबाट धनबहादुर बुढाको ‘ह्याट्रिक’



काठमाडौं । डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित भएका छन् । उनले ११ हजार २२५ मत ल्याएर निर्वाचित भएका हुन् भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार ४९८ मत पाए ।

यो जितसँगै डोल्पाबाट बुढाले ह्याट्रि पूरा गरेका छन् । उनी यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि डोल्पाबाटै विजयी भएका थिए ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  ८ : २२ बजे