Logo

प्रमुख समाचार

बैतडीबाट प्रतिनिधिसभा सदस्यमा एमालेका भण्डारी निर्वाचित



बैतडी । बैतडीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारी निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर)लाई पराजित गर्दै उनले जित हासिल गरेका हुन् ।

एमालेका भण्डारीले ३३ हजार ६ सय ११ मत प्राप्त गरे भने माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत पाए । बैतडीमा भण्डारीको यो तेस्रो पटकको जित हो ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार २०:३६   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।