Logo

प्रमुख समाचार

नवलपरासी १ मा हृदयेश त्रिपाठीलाई हराउँदै विनोद चौधरी निर्वाचित



नवलपरासी । नवलपरासी पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी निर्वाचित भएका छन् ।  सत्ता गठबन्धनको समर्थन पाएका उद्योगपति विनोद चौधरील जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई पछि पर्दै निर्वाचित भएका हुन् । 

चौधरीले २९ हजार ४९५ मत पाउँदा त्रिपाठीले २२ हजार ३०८ मत पाए । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मतका साथ तेस्रो स्थानमा सीमित भएका छन् । 

प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार  ६ : २७ बजे