Logo

प्रमुख समाचार

खानेपानीमन्त्री चौधरी ९ हजार मतान्तरले पराजित



काठमाडौं । बारा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा (एमाले)का उमेदवार अच्युतप्रसाद मैनाली विजयी भएका छन् । उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

शुक्रबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार मैनालीले ३९ हजार १९५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी खानेपानीमन्त्री समेत रहेका नेपाली कांग्रेसका उमेदवार उमाकान्त चौधरीले ३० हजार ५६ मत ल्याए ।

मैनालीले चौधरीलाई नौ हजार १३९ मतान्तरले पराजित गरे ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार ०७:४८   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।