Logo

प्रमुख समाचार

धनुषा-२ मा नेपाली कांग्रेसका रामकृष्ण यादव विजयी



धनुषा । धनुषा निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव विजयी भएका छन् ।

यादवको २० हजार ११२ मत आएको छ भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उमाशङ्कर अरगरियाले १९ हजार ९५५ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

तेस्रो भएका एकीकृत समाजवादी पार्टीका रामचन्द्र झाले १३ हजार ६०५ मत ल्याएका छन् ।

निर्वाचित रामकृष्ण यस क्षेत्रबाट संविधान सभा १ र २ मा गरी दुई पटक सांसदमा जितेर मन्त्रीसहित लेखा समितिका संयोजक भइसकेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार १०:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।