Logo

प्रमुख समाचार

काभ्रे २ मा गोकुल बाँस्कोटाको जित निश्चित



काठमाडौं । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाको जित निश्चित भएको छ । गणना हुन बाँकी मत ५००९ हुँदा बाँस्कोटाले ५७१८ मतान्तरसहित जित सुनिश्चित गरेका हुन् ।

बेथानचोक, बनेपा पनौतफ, भुम्लु मन्डनदेउपुर, पाँचखाल, धुलिखेलका ३ वडाको मत गणना भइसक्दा बाँस्कोटाले ४३ हजार ६८१ मत पाएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले ३७ हजार ९६३ मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ९४७८ मतका साथ तेस्रो स्थानमा छन् भने यसु आले मगरले १४२२ मत पाएका छन् ।

प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार  १० : २५ बजे