Logo

प्रमुख समाचार

उदयपुर–१ (१) माओवादी केन्द्रका राजन किराती प्रदेशसभामा निर्वाचित



काठमाडौं । उदयपुर–१ को प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन किराती निर्वाचित भएका छन् । उनले १ हजार २४३ मतान्तरले नेकपा एमालेका कुशलबाबु बस्नतेलाई पराजित गरे ।

अन्तिम मत परिणाम अनुसार किरातीले १५ हजार ९२ मत ल्याउँदा बस्नतेले १३ हजार ८४९ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका राप्रपाका सुभाषचन्द्र खड्का २ हजार ६७९ मत पाए ।

प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार  ११ : ५७ बजे