Logo

प्रमुख समाचार

पाल्पा–२ मा एमालेका ठाकुर गैरेको जित सुनिश्चित



रुपन्देही । पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका ठाकुर गैरेको जित सुनिश्चित भएको छ । मतगणाना जारी रहेपनि उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार नेकपा उकीकृत समाजवादीका सोमप्रसाद पाण्डेलाई फराकिलो मतान्तरले पछि पार्दै जित पक्का गरेका हुन् ।

पछिल्लो मत परिणामअनुसार एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका गैरेले २७ हजार २८८ प्राप्त गरेका छन् भने गठबन्धनतर्फबाट एकीकृत समाजवादीका पाण्डेले २२ हजार ९९५ मत पाएका छन् । ४ हजार २९३ मतान्तरले गैरे अगाडि छन् भने गणना हुन बाँकी मत यो कम रहेका जनाइएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार १२:३२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।