Logo

प्रमुख समाचार

काभ्रे–२ बाट एमालेका गोकुल बाँस्कोटा निर्वाचित



काभ्रे । काभ्रे क्षेत्र नम्बर २ बाट नेकपा एमालेका नेता गोकुल बाँस्कोटा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा दोहोरिएका हुन् ।

बाँस्कोटाले ४५ हजार ३४५ मत पाउँदा हुमागाईंले ३९ हजार ५८२ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५८६ मत पाए । यसअघि २०७४ सालमा पनि यस क्षेत्रबाट बाँस्कोटा नै निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार १२:४९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।