Logo

राजनीति

सुनसरी–१ (१) मा एमालेका रमेश बस्नेत विजयी



काठमाडौं । सुनसरी–१ को प्रदेशसभा १ मा नेकपा एमालेका रमेशकुमार बस्नेत विजयी भएका छन् । उनले निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश थापालाई १ हजार ३५० मतान्तरले पराजित गर्दै प्रदेशसभा १ सदस्यमा निर्वाचित भएका हुन् ।

बस्नेतले ११ हजार १०२ मत ल्याउँदा कांग्रेसका थापाले ९ हजार ७५२ मत प्राप्त गरे । यस क्षेत्रमा प्रदेशसभातर्फ ३९ हजार ७१३ मत खसेकोमा ३७ हजार ९४२ मत सदर भएको थियो ।

प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार  १ : ५५ बजे