Logo

प्रमुख समाचार

कैलाली–२ मा एमालेका झपट रावललाई हराउँदै नागरिक उन्मुक्तिका चौधरी विजयी



कैलाली । कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी निर्वाचित भएका छन् । चौधरीले नेकपा एमालेका झपटबहादुर रावललाई ५ हजार ७४३ मतान्तरले पराजित गरेका छन् ।

चौधरीले २१ हजार ८७१ मत ल्याएका छन् भने एमालेका रावलले १६ हजार १२८ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका भगतबहादुर बढुवालले १५ हजार ११६, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत सिहं विसीले २ हजार ७८४, नेपाल मजदुर किसान पार्टीका रमेशकुमार रावलले ३१५ मत पाएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार १५:०६   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।