Logo

राजनीति

समानुपातिकतर्फ एमालेको मत साढे १३ लाख नाघ्यो, रास्वपाको पछिपछि माओवादी



काठमाडौं । प्रतिनिधिसभा तर्फको समानुपातिक मतगणनाको पछिल्लो परिणाम अनुसार अग्रस्थानमा रहेको नेकपा एमालेले साढे १३ लाख कटाएको छ । निर्वाचन आयोगका अनुसार एमालेले १३ लाख ५२ हजार २८७ मत पाएको छ । एमालेलाई पछ्याइरहेको नेपाली कांग्रेसले १२ लाख ७९ हजार ४७४ मत पाएको छ ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ६ लाख कटाएको छ । आयोगका अनुसार रास्वपाले ६ लाख १७ हजार ८३५ मत पाएको छ । पाँच महिना अघि मात्र स्थापना भएको रास्वपा पहिलो पटक आमनिर्वाचनमा सहभागी भएर पनि माओवादी केन्द्रभन्दा बढी लोकप्रिय बनेको हो । चौथो स्थानमा रहेको माओवादीले ५ लाख ८२ हजार ३८९ मत पाएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३१ लाख ८ हजार ८८३, जनता समाजवादी पार्टी (जसपा)ले १ लाख ५७ हजार २९५ र एमालेबाट विभक्त भई बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले १ लाख ६ हजार ५२२ मत पाएको छ ।

यसैगरी नागरिक उन्मुक्ति पार्टीले १ लाख १ हजार ५७०, जनमत पार्टीले ९९ हजार ५१७, नेपाल मजदुर किसान पार्टीले ५८ हजार ७८२ र लोकतान्त्रिक समाजवादी पार्टीले ६३ हजार ११३ मत पाएको छ । यसबाहेकका अन्य दलहरुलाई अहिलेसम्म ५० हजार पुर्‍याउनै हम्मे परेको छ ।

प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार  ६ : २८ बजे