Logo

राजनीति

पाल्पा–१(२) मा एमालेका सारु निर्वाचित



पाल्पा । प्रतिनिधिसभा पाल्पा–१(२) मा नेकपा एमालेका खेमबहादुर सारु विजयी भएका छन् । सारुले १४ हजार दुई सय ९६ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शङ्कर खनालले चार हजार सात सय ९१ मत पाउनुभएको सहायक निर्वाचन अधिकृत रामहरि पाण्डेयले जानकारी दिए ।

मङ्गोल नेशनल अर्गनाइजेशनका लालबहादुर दर्लामीले दुई हजार ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मणप्रसाद पङ्गेनीले तीन सय ७४ र राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर रानाले एक सय ६५ ले मत पाएका छन् । प्रदेशसभा सदस्यमा २४ हजार ८६ मत खसेकोमा चार सय ९३ मत बदर भएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार १९:०६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।