मोरङ । मोरङ–२ मा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल विजयी भएका छन् । उनले सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेकी कांग्रेसकी सुजाता कोइरालालाई १ हजार २०८ मतान्तरले पारजित गरेका हुन् ।
पोखरेल ३३ हजार १४८ मत ल्याइ विजयी भएका हुन् भने पराजित भएकी कोइरालाले ३१ हजार ९४० मत ल्याइन् । सुजाताका पिता समेत रहेका स्व. गिरिजाप्रसाद कोइराला यही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित हुँदै देशको प्रधानमन्त्री भएका थिए ।
विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका पोखरेल यसअघि २०७० को संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए । तर २०७४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भने कांग्रेसका मिनेन्द्र रिजालसँग पराजित भएका थिए । कांग्रेसले यसपटक रिजाललाई टिकट नदिएर सुजातालाई अगाडि सारेको थियो ।




















प्रतिक्रिया