काठमाडौं । नेकपा एमालेका नेता शेरधन राईले निर्वाचनको हारलाई लिएर भोजपुरका जनताले आफ्नो योगदानको मूल्याङ्कन नगरेको गुनासो गरेका छन् । प्रदेश १ का पूर्व मुख्यमन्त्रीसमेत रहेका उनी यस पटकको चुनावमा माओवादी केन्द्रका नेता सुदन किराँतीसँग पराजय भए ।
पराजय व्यहोरेका राईले शुक्रबार पत्रकार सम्मेलन गर्दै छोटो समयमा भोजपुरको विकासमा योगदान पुर्याएको भए पनि त्यसको उचित मूल्याङ्कन नभएको उल्लेख गर्दै अर्कोपटक न्याय पाउने आशा रहेको बताए । राईले निर्वाचनको हारलाई आफूले सहर्ष स्वीकार गरेको भन्दै साथ दिने मतदातालाई धन्यवाद दिए ।




















प्रतिक्रिया