Logo

राजनीति

सप्तरी ४ मा कांग्रेसका चौधरी लगातार तेस्रो पटक विजयी



सप्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार चौधरी २२ हजार २२५ मत ल्याई विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार ८० मत प्राप्त गरेका छन् ।

२०७० सालको संविधानसभा निर्वाचनबाट चुनावमा लड्न थालेका चौधरीले २०७० र २०७४ को चुनाव पनि जितेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार ०८:४१   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।