Logo

राजनीति

इलाम–२ मा सुवास नेम्वाङ र डम्बरबहादुर खड्काबीच कडा टक्कर



इलाम । इलाम क्षेत्र नम्बर २ नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुखसमेत रहेका सुवास नेम्वाङ र सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काबीच कडा टक्कर देखिएको छ । पछिल्लो मतपरिणामअनुसार ६४ हजार १३७ मत गणना हुँदा एमालेका नेम्वाङको अग्रता साँघुरिँदै गएको छ ।

नेम्वाङले २७ हजार ८१९ मत प्राप्त गर्दा कांग्रेसका खड्काले २७ हजार ६८५ मत पाएका छन् । नेम्वाङ र खड्काबीचको मतान्तर १३४ रहेको छ ।

इलाम–२ को मतगणनामा नेम्वाङको अग्रता निरन्तर साँघुरो बन्दै जाँदा नतिजा कस्तो आउला भन्ने चासो बढेको छ । अब इलाम नगरपालिकाको मतगणना हुन बाँकी रहेको जनाइएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार ११:३४   :  बजे

330
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।