इलाम । इलाम–२ मा प्रतिनिधिसभातर्फको मतगणना अन्तिम चरणमा आइपुग्दा नेकपा एमाले र सत्ता गठबनधनका उम्मेदवारबीच कडा टक्कर देखिएकिो छ । पूर्वसभामुखसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
इलाम नगरपालिकाका वडा नम्बर १ को मतगणना सकिनै लाग्दा नेम्वाङलाई खड्काले १६ मतको अन्तरमा पछाडि पारेका छन् । निर्वाचन आयोगका अनुसार नेम्वाङले अहिलेसम्म २८ हजार ४७० मत पाएका छन् भने खड्काले २८ हजार ४८६ मतसहित उछिनेका छन् ।
अहिले इलाम नगरपालिकाको वडा नम्बर १ र २ को मतगणना सुरू भएको छ । यी दुईवटा वडामध्ये गत स्थानीय तहको निर्वाचनमा एउटा वडा कांग्रेसले र अर्को वडा एमालेले जितेको थियो । उक्त मत परिणामअनुसार ती दुईवटै वडामा पनि थोरै मतको मात्रै अन्तर छ ।
मतगणना बाँकी रहेका दुईवटा वडामध्ये एउटा कांग्रेस र अर्कोमा एमाले बलियो हुनु र दुई उम्मेदवार बीचको मतान्तर झिनो हुनुले जित निकाल्ने कडा प्रतिस्पर्धा चलिरहेको देखिन्छ । यहाँ कसले बाजी मार्ला भनेर चासोपूर्वक ईलाम–२ लाई हेरिएको छ ।




















प्रतिक्रिया