Logo

प्रमुख समाचार

सुनसरी ४ मा ज्ञानेन्द्र कार्कीलाई ७१ मतकाे अग्रता



सुनसरी । सुनसरीकाे प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले झिनाे मतकाे अग्रता लिएका छन् ।

अहिलेसम्म ६० हजार ६ सय ३२ मतगणना हुँदा कांग्रेसका कार्कीले २३ हजार ७९ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका जगदीश कुसियतले २३ हजार ८ मत प्राप्त गरेका छन् । 

यस क्षेत्रमा ८१ हजार २ सय ३३ मत खसेकाेमा अब २० हजार ६ सय १ मत गन्न बाँकी रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार १४:२२   :  बजे

990
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।