Logo

प्रमुख समाचार

इलाम–२ मा नेम्वाङ फेरि अगाडि



इलाम । इलाम २ को प्रतिस्पर्धा रोचक हुँदै आएको छ । सो क्षेत्रमा एमालेका उपाध्यक्ष समेत रहेका सुवास नेम्वाङ र सत्ता गठबन्धनले कांगेसबाट उम्मेदवार बनाएका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा भएको छ । 

जारी मतगणनामा कहिले खड्का अगाडि लाग्दै आएका छन् भने कहिले नेम्वाङ अगाडि लाग्दा प्रतिस्पर्धा रोचक बनेको हो । शनिबार दिउँसो साढे २ को नतिजा अनुसार नेम्वाङले १३० मतले अग्रता बनाएका छन् । नेम्वाङले २९ हजार १३५ मत ल्याउँदा कांग्रेसका खड्का २९ हजार ५ मत ल्याएर पछ्याइरहेका छन् । सो क्षेत्रको मत गणना आज साँझसम्म सकिने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार १५:१६   :  बजे

480
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।