सर्लाही । सर्लाही-२ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार महेन्द्र राय यादव निर्वाचित भएका छन् ।
उनी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार यादव २२ हजार ६३१ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उनका प्रतिस्पर्धी लोसपाका उम्मेदवार महतोले २० हजार १६५ मत प्राप्त गरेका छन् । सर्लाही-२ मा ७२ हजार ३३ मत खसेको थियो भने तीन हजार ७९७ मत बदर भएको थियो ।




















प्रतिक्रिया