Logo

राजनीति

प्रतिनिधिसभा समानुपातिकमा एमालेले कटायो २१ लाख मत, कांग्रेस पछिपछि



काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फ अग्रस्थानमा रहेको नेकपा एमाले २१ लाख मत कटाएको छ । समानुपातिकतर्फ मतगणनाको सुरुवातदेखि नै अग्रस्थानमा रहँदै आएको एमालेले अहिले (शनिबार साँझ ६ बजे) सम्म २१ लाख ६२८ मत पाएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २० लाख २३ हजार ५९८ पर्‍याएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुरुवाती अग्रता तोडेर अघि लागेको माओवादी केन्द्रले ८ लाख ९४ हजार ८२५ मत पाएको छ । चौथो स्थानमा रहेको रास्वपाले ८ लाख ६० हजार ८४६ मत पाएको छ ।

यस्तै पाँचौं स्थानमा रहेको राप्रपाले ४ लाख ५९ हजार ६४६, छैटौं स्थानको जसपा नेपालले २ लाख ४९ हजार ५७३, सातौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले १ लाख ९४ हजार ९९८ मत पाएको छ ।

नागरिक उन्मुक्तिलाई उन्छिन्दै जनमत पार्टीले अहिलेसम्म १ लाख ७८ हजार ३५९ मत पाएको छ । एक स्थान घटेर नवौंमा पुगेको नागरिक उन्मुक्तिको १ लाख ७५ हजार ८६८ मत छ ।

दशौं स्थानको लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ४ हजार ३६८, ११ औं स्थमानकोा नेपाल मजदुर किसान पार्टीले ६८ हजार ३३८ मत पाएको छ । यीबाहेक अन्यले सकैले पनि ५० हजार कटाउन सकेका छैनन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार १८:०९   :  बजे

549
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।