Logo

राजनीति

समानुपातिकमा केही पार्टीको मतवृद्धि अस्वाभाविक : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फको मतगणनाप्रति आशंका व्यक्त गरेका छन् । उनले केही पार्टीको समानुपातिकको मतवृद्धि अस्वाभाविक भएको भन्दै गणनामा रहेका कार्यकर्तालाई चनाखो हुन निर्देशन दिएका छन् ।

‘समानुपातिक मतगणना भइरहेको छ । सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ’, ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य पनि हुनसक्छ।’

ओलीले जिल्ला जिल्लामा मतगणनामा रहेका कार्यकर्तालाई चनाखो बन्न आग्रह गर्दै भनेका छन्, ‘साथीहरू चनाखो रहनुहोस् । मतगणनामा प्रतिनिधि रहनुभएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु ।’ ओलीले कुनै पार्टीको नाम भने लिएका छैनन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार १९:५२   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।