Logo

प्रमुख समाचार

धनुषा–१ मा मातृका यादवलाई हराउँदै जसपाका कार्कीले मारे बाजी



काठमाडौं । धनुषा–१ बाट पतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा)का दीपक कार्की निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका मातृकाप्रसाद यादवलाई पाँच हजार ९४८ मतान्तरले पराजित गर्दै विजयी हासिल गरेका हुन् ।

जसपाका कार्कीले २७ हजार ४३१ मत ल्याउँदा माओवादी केन्द्रका मातृकाले २१ हजार ४८३ मत ल्याए । मातृका पाँच दलीय गठबन्धनको साझा उमेदवार थिए भने कार्की जसपा–एमाले गठबन्धनका उमेदवार थिए ।

यसअघि ०७४ मा मातृकाको निकटतम प्रतिस्पर्धी कार्की नै थिए । जनमत पार्टीका किसोरी साहले १४ हजार ४६७ र राप्रपाका मनोज मल्लले आठ हजार २८३ मत ल्याए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार २०:४६   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।