Logo

राजनीति

प्रतिनिधिसभा समानुपातिकमा एमाले अग्रस्थानमा कायमै, नेकपा एसकाे मत दुई लाख पुग्नै हम्मे



काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फ अग्रस्थानमा रहेको नेकपा एमाले २१ लाख ६५ हजार ६३२ पाएको छ । समानुपातिकतर्फ मतगणनाको सुरुवातदेखि नै अग्रस्थानमा रहँदै आएको एमालेले अहिले (शनिबार राति ९ बजे) सम्म २१ लाख ६५ हजार ६३२ पाएको हो ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २० लाख ८२ हजार ५०० पुर्‍याएको छ भने तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ९ लाख कटाएको छ । अहिलेसम्म माओवादीको मत ९ लाख १८ हजार ५२६ पुगेको छ । चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ८ लाख ८४ हजार ७५० मत पाएको छ ।

यस्तै पाँचौं स्थानमा रहेको राप्रपाले ४ लाख ६७ हजार १४५, छैटौं स्थानको जसपा नेपालले २ लाख ५४ हजार ४२३, सातौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले १ लाख ९८ हजार २२४ मत पाएको छ ।

जनमत पार्टीले १ लाख ८६ हजार ५९६, नागरिक उन्मुक्ति पार्टीले १ लाख ७८ हजार ७०१, दशौं स्थानको लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६ हजार ४१ र नेपाल मजदुर किसान पार्टीले ६८ हजार ६११ मत पाएको छ । यीबाहेक अन्यले सकैले पनि ५० हजार कटाउन सकेका छैनन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार २१:२२   :  बजे

408
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।