काठमाडौं । मोरङ–१ बाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका डिगबहादुर लिम्बू निर्वाचित भएका छन् । उनले एमालेका घनश्याम खतिवडालाई ४ सय ३० मतले पराजित गर्दै दोस्रो जित दर्ता गरेका हुन् ।
मोरङका सभापति समेत रहेका लिम्बूले २७ हजार २९७ मत ल्याउँदा खतिवडाले २६ हजार ८६७ मत ल्याएका छन् । अघिल्लो निर्वाचनमा लिम्बू खतिवडासँगै ६ हजार मतले पराजित भएका थिए ।
त्यसअघि लिम्बूले २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा खतिवडालाई पराजित गरको थिए । योसँगै मोरङका ६ वटै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनीक भएको छ ।




















प्रतिक्रिया