Logo

राजनीति

असजिलो जित निकालेका संविधान सभा अध्यक्ष नेम्बाङको राजनीति 



यस पटकको निर्वाचनमा नेम्बाङ ११६ मतान्तरले विजयी भए । यो उनको इतिहासमा सबैभन्दा कम मतान्तरले विजयी भएको चुनाव हो । 

खड्कासँग कडा प्रतिष्पर्धा भएको प्रतिनिधि सभाको चुनावमा यस पटक नेम्बाङको आलोचना चर्कै सुनिएको थियो । संधै १० हजार हाराहारी मतान्तरले जित्ने यो क्षेत्रमा नेम्बाङले पाएको मतले पनि त्यसको पुष्टि गर्छ । 

नेम्बाङको राजनीति यात्रा

नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिधिसभा सभामुख, २०६४ सालमा व्यवस्थापिका संसद्को सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष–सभामुख र २०७२ सालमा सभामुख भएका थिए ।

विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य भएका  उनी  त्यस लगत्तै पुनः राष्ट्रियसभा सदस्य भए । प्रतिनिधिसभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उनी संविधानसभा निर्वाचन २०६४ र २०७० मा इलाम २ बाट निर्वाचित भएका थियो । प्रतिनिधिसभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्बाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति भएका थिए । 

विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री भएका उनी सामान्य प्रशासन मन्त्री र स्थानीय विकास मन्त्री भए । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसाय (वरिष्ठ अधिवक्ता) समेत रहेका उनले पञ्चायती निरङ्कुशता विरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटक–पटक सार्वजनिक सुरक्षा अन्तर्गत नजरबन्द परेका थिए । प्रधानमन्त्री तुलसी गिरीको पालामा चलाइएको राजकाज मुद्दामा सात महिना जेल परे ।

इलाम नगरपालिका ७ सुन्तलाबारीमा विस २००९ फागुन २८ गते जन्मिएका नेम्वाङ्गले अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका हुन् । उनी एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै नेकपा स्थायी कमिटी सदस्य २०७५ र २०४८ देखि लगातार सांसद हुन् ।

बिए र बिएल अध्ययन गरेका नेम्वाङ्ग प्राध्यापन, कानून व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाएका थिए । उनी प्राध्यापक संघमा पनि सक्रिय भए भने उनी नेपाल बार एसोसिएसनको महासचिव पनि भए । राज्यबाट उनलाई संविधानसभा पदक, राष्ट्र गौरव पदक प्राप्त छ । गणेशमानसिंह प्रतिष्ठानले उनलाई गणेशमानसिंह जनआन्दोलन स्वर्ण पदक प्रदान गरेको छ ।

नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ

प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार १०:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।