Logo

प्रमुख समाचार

पाँच दलीय गठबन्धनकै सरकार बन्छ: गृहमन्त्री खाण



भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले अब पनि गठबन्धनकै सरकार बन्ने बताएका छन् । चुनावी परिणाम आइसकेपछि पाँच दलीय गठबन्धनकै सरकार बन्ने उनको दाबी छ ।

खाण रूपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए । उनले जनताको अभिमतलाई आफूले सहजतापूर्वक लिएको प्रतिक्रिया दिए ।

भैरहवामा आज भएको गठबन्धनको बैठकमा गृहमन्त्री खाणले अब सरकार बनाउन पाँचदलीय गठबन्धनको बहुमत पुग्ने दाबी गरेका थिए । ‘अब गठबन्धनकै सरकार बन्छ। पाँचदलीय गठबन्धनकै बहुमत पुग्छ,’ उनले भने, ‘नागरिकका अवस्था सुधार गर्न सरकारले काम गर्नुपर्छ ।’ अब बन्ने सरकार ५ वर्षसम्म टिक्ने पनि उनले बताए ।

उनले अब प्रधानमन्त्री को बन्ने भन्ने सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बैठकमा बसेर टुंगो लगाउने बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार १२:५९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।