Logo

प्रमुख समाचार

पूर्वप्रधानमन्त्री झलनाथलाई हराउँदै इलाम १ मा एमालेका महेश निर्वाचित



इलाम । इलाम क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत निर्वाचित भएका छन् । बस्नेत नेकपा एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनाललाई हराउँदै निर्वाचित भएका हुन् । बस्नेत खनालसँग झण्डै २ हजार ५ मतान्तरसहित निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृत राजकुमार दाहालले बस्नेत निर्वाचित हुने निश्चित भएपनि मत जोड्ने क्रम जारी रहेकाले यकिन मत आइनसकेको बताए ।

खनालले यो क्षेत्रबाट २०५६ बाहेक सबै निर्वाचन जितेका थिए । तर यसपटक पहिले जित्दै आएको एमालेकै उम्मेदवारसँग पराजित भएका छन् । खनाललाई सत्तारुढ गठबन्धनका दलहरुको समर्थन थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार १६:४४   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।