Logo

प्रमुख समाचार

बालकोटमा ओली र प्रकाशमानकाे भेटवार्ता



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उनीहरुका बीचमा आइतबार भक्तपुरको बालकोटस्थित आली निवासमा भेटवार्ता भएको हो । भेटपछि चाक्सीबारीले दुवै नेताको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ । 

नेता सिंहका सहयोगी युपी लामिछानेले एमाले अध्यक्ष ओलीसँगको भेटमा बधाई साटासाट भएको बताए । बधाई साटासाट गर्नुका साथै नेताहरुबीचमा राजनीतिक छल‍फल भएकाे बताइएकाे छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार १८:३८   :  बजे

276
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।