Logo

मनोरञ्जन

चन्द्रागिरि रिसोर्टमा आज प्रेमीका करिस्मासँग लगनगाँठो कस्दै सलोन



काठमाडौं । अभिनेता सलोन बस्नेत आज (सोमबार) प्रेमिका करिश्मा केसीसँग वैवाहिक जीवनमा बाँधिदैछन् । तीन बर्षदेखिको प्रेम सम्बन्ध उनले विवाहमा परिणत गर्न लागेका हुन् । सलोनको विवाह समारोह चन्द्रागिरि रिसोर्टमा आयोजना गरिएको छ ।

महिला समूहको नौमती बाजासहित जन्ती लिएर उनी बेहुली लिन रिसोर्ट पुग्दैछन् । जन्तीमा उनका पारिवारिक सदस्य, आफन्त र साथीभाइका फिल्मकर्मी सहभागी हुँदै छन् । आकर्षक पहिरनमा सजिएर उनी डोलीमा रिसोर्टमा पुग्नेछन् ।

बिहेअघि यो प्रेम जोडीको शनिबार पाताले वन रिसोर्टमा मेहेन्दी समारोह आयोजना भएको थियो । समारोहमा कलाकार तथा उनका आफन्तको उपस्थिति रहेको थियो । सलोनको विवाह भोज भने १४ गते बुधबार राखिएको छ ।

प्रकाशित मिति : मंसिर १२, २०७९ सोमबार  ८ : ५२ बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।