Logo

प्रमुख समाचार

६९ हजार मत गन्दा भगवती विजयभन्दा ४ हजार मतले अघि



सुनसरी । सुनसरी प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीले निरन्तर अग्रता लिएकी छन् । पछिल्लो मतपरिणाम अनुसार अहिलेसम्म ६९ हजार ५१९ मत गनिसकेको छ । 

यति मत गन्दा भगवतीले अग्रता कायम राखेकी छन् । भगवतीले ३० हजार १५५ मत पाएकी छन् । 

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २५ हजार ९४५ मत पाएका छन् ।  भगवती गच्छदारभन्दा ४ हजार २१० मतले अगाडि छिन् ।

यहाँ अझै ६ वटा वडाका ३० हजार भन्दा कम मतगणना गर्न बाँकी छन् । समानुपातिक र प्रदेशतर्फको पनि मतगणना भइरहेको निर्वाचन अधिकृत उमाकान्त पौडेलले जानकारी दिए । 

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार १३:०७   :  बजे

243
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।