Logo

समाचार

अझै २३५ जना कोरोनाका सक्रिय संक्रमित



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अद्यावधिक गरेको तथ्यांक अनुसार हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २ सय ३५ रहेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ८ जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा १६ सय ५२ जनाको परीक्षण गरिएको थियो ।

तीमध्ये ६१५ जनाको पीसीआर गर्दा छ जनामा तथा १ हजार ३७ जनाको एन्टीजेन परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टा ३४ जना संक्रमणमुक्त समेत भएका छन् ।

प्रकाशित मिति : मंसिर १२, २०७९ सोमबार  ३ : ५३ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।