Logo

प्रमुख समाचार

धनुषा-४ मा यादवसँग महासेठले घटाए मतान्तर



धनुषा । धनुषा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवसँग र नेकपा एमालेका सचिव रघुवीर महासेठले मतान्तर घटाएका छन् ।

कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले ३१ हजार ३१६ मत पाएका छन् ।  मतगणना सुरु भएदेखि नै अघि पछि भइरहेका एमालेका सचिव महासेठले ३१ हजार २१ मत पाएका छन् । महासेठ २९५ मतले पछि छन् । उनीहरुबीच निकै रोचक प्रतिस्पर्धा भइरहेको छ ।

सोमबार बिहानदेखि ७ देखि ९ सय मतले पछिपरिरहेका महासेठले घटाएर अहिले २९५ मा झारेका छन् । अब मिथिला नगरपालिका-११ को मात्र गणना बाँकी छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार ०७:५२   :  बजे

333
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।