Logo

प्रमुख समाचार

मतगणना भइरेहको ४ क्षेत्रमा कसको अग्रता



काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम अझै जारी छ। सोमबार बिहान साढे ७ बजेसम्म १६५ क्षेत्रमध्ये १५९ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।

जसमा नेपाली कांग्रेसले सबैभन्दा बढी ५३ स्थानमा जित हासिल गरेको छ भने नेकपा एमालेले ४२ स्थानमा जित हासिल गरेको छ।

यस्तै, माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले समान ७-७  स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ।

नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १-१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्।

बाँकी रहेका क्षेत्रमध्ये दोलखा, स्याङ्जा-२ र बाजुराको मत गणना भने हुन बाँकी छ।

४ क्षेत्रको मतगणना जारी छ। जसमा नेपाली कांग्रेसले ३ ठाउँमा अग्रता लिएको छ भने एमालेले १ ठाउँमा अग्रता लिएको छ ।

सुनसरी ३
भगवती चौधरी (नेकपा एमाले) – ३२४१७
विजयकुमार गच्छदार (नेपाली कांग्रेस) – २७६५६

सुनसरी ४
ज्ञानेन्द्र बहादुर कार्की (नेपाली कांग्रेस) – २३४३९
जगदिश प्रसाद कुसियैत (नेकपा एमाले) – २३३४१

उदयपुर १
नारायण खड्का (नेपाली कांग्रेस) – २१८३३
मञ्जु चौधरी (नेकपा एमाले) – २०१२०

धनुषा ४
महेन्द्र यादव (नेपाली कांग्रेस) – ३१३१६
रघुबीर महासेठ – ३१०२१

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार ०८:००   :  बजे

495
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।