Logo

प्रमुख समाचार

श्रीमानबाट पीडित भएकाे भन्दै सर्वोच्चको गेटमा प्रदर्शन गर्ने दुईजना पक्राउ



काठमाडौं । सर्वोच्च अदालतको गेटमा ‘न्याय चाहियो’ भन्दै रातो रंग छ्यापेर प्रदर्शन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पत्रफाउ पर्नेमा सिरहा घर भएकी बिनु यादव र ज्यास्मिन ओझा रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीका अनुसार श्रीमानबाट हिंसामा परेको भन्दै न्याय माग्न सर्वोच्च आएका हुन् । मंगलबार सर्वोच्चमा बिनुसँगै पुगेकी ज्यास्मिन महिला अधिकारवादी हुन् ।

बिनुले यसअघि रामेछाप जिल्ला अदालतको इजलासमा विष सेवन गरेर आत्महत्या प्रयास गरेकी थिइन् । पतिविरुद्ध उनले दायर गरेको मुद्दा अहिले पाटन उच्च अदालतमा विचाराधीन अवस्थामा छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार ११:४०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।