काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका सबै कम्युनिष्टहरू एक हुनुको विकल्पन नरहेको बताएका छन् । आमनिर्वाचनको विषयमा भिडियो वक्तव्य दिँदै उनले झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै कम्युनिष्ट एक हुनुपर्ने बेला आएको बताएका हुन् ।
‘हामी कम्युनिष्टहरू एक हुन जरुरी छ । झापा विद्रोहदेखि, जनयुद्धदेखि यहाँसम्म क्रान्ति र परिवर्तनको पक्षमा लडेका, योगदान गरेका, नयाँ सपना देखेका कुनै न कुनै रुपले योगदान गरेका सबै कम्युनिष्ट समर्थक नागरिकहरु, जनसमुदायहरू, देशभक्त नागरिकहरू,’ उनले भनेका छन् ।कम्युनिष्टलाई घेरबन्दी गरेर समाप्त पार्न खोजि
एको उनको आरोप छ । ‘नेपाललाई पश्चिम बंगाल बनाउन संसदीय व्यवस्थाको पुच्छरमा कम्युनिष्टलाई घिसारेर अन्तत कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने, कम्युनिष्ट समर्थक जनताहरूलाई परिवर्तन र क्रान्तिको चेतनाबाट विसर्जित गर्ने षडयन्त्रहरू भएका छन् । हामी सचेत हुनुपर्छ,’ उनले थपे ।
महासचिव विप्लवले सबैले कमजोरी सच्याउनु पर्ने बेला आएको बताएका छन् । उनले पुँजीपती वर्गको रजाइँ चल्दासम्म मुलुक अशान्त हुने बताउँदै अहिले नेपालमा पनि त्यसैकारण श्रमिक र देशभक्त नागरिकले शान्ति नपाएको दाबी गरेका छन् ।




















प्रतिक्रिया