काठमाडौं । उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा चौथो पटक नेपाली कांग्रेसका नारायण खड्का निर्वाचित भएका छन् । परराष्ट्रमन्त्री समेत रहेका उनी ३१ हजार २७० मतसहित निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मञ्जु चौधरीले २८ हजार ८९१ मत प्राप्त गरिन् ।
देशको अधिकांश क्षेत्रको मतपरिणाम आइसक्दा उदयपुर–१ मा भने विवाद भएर पटकपटक मतगणना रोकिँदा नतिजा आउन ढिलाइ भएको हो । खड्का उदयपुर–१ बाट २०६४ को निर्वाचनयता लगातार विजयी बन्दै आएका छन् ।
प्रतिक्रिया