Logo

प्रमुख समाचार

पाँचथरमा कांग्रेसका आङ्देम्बेलाई ४६ मतले पराजित गर्दै एमालेका नेम्वाङ विजयी



पाँचथर । प्रत्यक्षतर्फका मतपत्र समानुपातिकका पेटिकामा भेटिएपछि विवादित बन्दै आएको पाँचथर जिल्लाको मतगणना मंगलबार राति सकिएको छ । सार्वजनिक गरिएको अन्तिम मतपरिणाममा नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई ४६ मत अन्तरले हराउँदै नेकपा एमालेका वसन्तकुमार नेम्वाङ विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार नेम्वाङले ३२ हजार १ सय ३५ मत प्राप्त गर्दा आङ्देम्बेलाई ३२ हजार ८९ मत प्राप्त भएको छ । मंसिर ९ गते बिहान प्रत्यक्षतर्फको मतगणना सक्दा नेम्वाङको मत ३२ हजार १ सय १० र आङ्देम्बेको ३२ हजार ६३ थियो ।

नेम्वाङले विजय उत्सव मनाइसकेपछि समानुपानितकका मतपेटिकामा प्रत्यक्षतर्फकै मतपत्र भेटिन थालेपछि विवाद हुँदा मत गणना प्रभावित हुँदै आएको थियो । समानुपातिकतर्फको गणना सक्दा ती पेटिकामा भेटिएका मतपत्रसमेत जोडेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम परिणाम सार्वजनिक गर्दै मंगलबार राति नेम्वाङलाई प्रमाण पत्र दिएको छ ।

पूर्वभौतिक पूर्वाधार तथा योजना मन्त्री रहेका नेम्वाङ यसअघि पाँचथरबाट २०४८,२०५६ र २०७४ सालमा पनि प्रतिनिधिसभा सदस्य चुनिएका थिए । यो उनको चौथो जित हो ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार ०७:४४   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।