सुनसरी । प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्बर ४ को मतगणना जारी छ । नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता लिइरहेका छन् ।
उनका पक्षमा २६ हजार ९९८ मत खसेको छ । दोस्रो स्थानमा नेकपा एमालेका जगदिश कुसियैत छन् । उनले २६ हजार ७५३ मत पाएका छन् ।
पछिल्लो समय कुसियैतले मतान्तर घटाइरहेका छन् । अहिले कार्की र कुसियैतको मतान्तर २४५ मात्रै छ । हाल भोक्राहा नरसिंह गाउँपालिका ७ र बराहक्षेत्र नगरपालिका ११ को ५ हजार ६९४ मतगणना भइरहेको छ ।
भोक्राहा ७ र बराहक्षेत्र ११ को मत गनिसकेपछि कोसी गाउँपालिका ६ र बराहक्षेत्र नगरपालिका १० को ५ हजार ८१८ मत गणना गर्न बाँकी हुनेछ ।




















प्रतिक्रिया