Logo

राजनीति

स्याङजा–२ मा पद्मा अर्यालसँगको मतान्तर फराकिलो बनाउँदै धनराज गुरुङ



काठमाडौं । स्याङजा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उसभापति धनराज गुरुङले मतान्तर बढाउँदै लगेका छन् । मतगणनाको सुरुवातदेखि नै अग्रता लिएका उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा अर्यालसँगको मतान्तर थप फराकिलो बनाउँदै लगेका हुन् ।

पछिल्लो मतगणनाअनुसार कांग्रेसका गुरुले ६६९८ पाउँदा एमालेका सचिवसमेत रहेकी अर्यालले ५००३ मत पाएकी छन् । गुरुङ अर्यालभन्दा १६९५ मतले अगाडि छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले २००४ मत पाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्याङजा २ कुल ७० हजार १९१ मत खसेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार १३:३८   :  बजे

279
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।