काठमाडौं । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । उनले बिहीबार दिउँसोसम्मको गणनामा ६ हजार ६२५ मतका साथ लिड गरिरहेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी पदमा अर्यालले ४ हजार ९३३ मत पाएकी छन् । उनीहरुबीचको मतान्तर १६९२ छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले १ हजार ८७५ मत पाएका छन् ।
४ मंसिरमा मतदान भएपछि नेकपा एमालेले धाँधली भएको भन्दै पुनः मतदानको माग गरेर निर्वाचन आयोगमा निवेदन दिएको थियो । आयोगले १२ दिनपछि बुधबार पुनः मतदान नगर्ने निर्णय गरेपछि बुधबार रातिदेखि नै मतगणना सुरु भएको हो ।




















प्रतिक्रिया